असोज ३, काठमाडौं । ११औँ राष्ट्रिय विज्ञान दिवस २०८० को अवसरमा रोबोटिक्स एसोसिएसन अफ नेपाल (RAN) र आर्यन स्कुल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको आयोजनामा Nanotechnology for Robotics and IoT", २०२३ नामको एक दिने सेमिनार सम्पन्न भएको छ । उक्त सेमिनारलाई ह्युमन क्यापिटल डेभलपमेन्ट प्रोफेशनल्स नेपाल (HCDPN) ले प्राबिधिक सहयोग गरेको थियो ।
उक्त सेमिनारमा मुख्य बक्ताको रुपमा डा. कोनार्ड रिजालले Nanotechnology for Robotics and IoT बिषयमा बिस्त्रितमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। आर्यन कलेजमा BIT, BCA, BE Civil र BBA मा अध्ययनरत विद्यार्थीहरुले nanotechnology लाई के कसरी आफ्नो शैक्षिक कृयाकलापमा प्रभाव एवम सहयोग गर्न सक्छ भन्ने बारेमा सिक्ने बातावरण बनेको थियो।
आर्यन कलेजको BIT मा अध्ययनरत छात्र योगेश कण्ठले यस सेमिनारले गर्दा nanotechnology ले IT, robotics र AI मा पार्ने प्रभावको बारेमा सिक्न पाएको बताए। साथै, BE Civil Engineering को दोश्रो सेमेस्टरमा अध्ययनरत छात्रा करुणा खत्रीको अनुसार nanotechnology ले Civil Engineering मा पनि ठुलो योगदान हुने कुरा सिक्न पाएको आफ्नो अनुभव बताइन्।
उक्त कार्यक्रममा रोबोटिक्स एसोसिएसन अफ नेपाल (RAN) का प्रमुख ई. बिकास गुरुङ्गले nanotechnology लाई Robotics सँग जोडेर खोज एवम अनुसन्धानमा आफ्नो संस्था लागि परेको बताउनु भयो। आर्यन कलेजका विद्यार्थीहरुको उत्साह देखेर आगामी दिनमा उक्त अनुसन्धानमा आर्यन कलेजसँग सहयात्रा गर्ने प्रतिबद्दता जनाउनु भयो।
आर्यन कलेजमा भएको उक्त एक दिने सेमिनारको संचालन आर्यन कलेजका शैक्षिक कार्यक्रमका सह-प्राचार्य प्रकाश न्यौपानेले गर्नु भएको थियो भने उक्त कलेजका प्रिन्सिपल ई. देव राज जोशीले कार्यक्रममा सहभागि सम्पूर्ण अतिथी, स्पिकर र विद्यार्थीहरुलाई धन्यवाद ग्यापन गर्नु भएको थियो।