बैशाख ९, काठमाडौं ।
आर्यन कलेजले नयाँ बर्ष २०८० को शुभ–अवसरमा सिनामङ्गल स्थित रहेको होप हस्पिटलसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविरको सन्चालन ग¥यो । उक्त स्वास्थ्य शिबिर २०८० साल बैशाख ८ गते शुक्रबार बिहान ८ बजे देखि दिउसो १ बजे सम्म सन्चालन भएको थियो । उक्त शिबिरमा नाक–कान–घाँटी (ENT) सम्बन्धि रोग, सामान्य चिकित्सा, दन्त रोग (Dental), छाला सम्बन्धि रोग र स्त्री सम्बन्धि रोगको होप हस्पिटलका विशेषज्ञ डाक्टर एवम नर्सहरुबाट आर्यन कलेजमा अध्ययनरत विद्यार्थी, उनीहरुका अभिभावक र कलेज वरपरको समुदायका २०० जना भन्दा बढी ब्यक्तिको स्वास्थ्य परिक्षण गरिएको थियो। उक्त शिबिरमा आउनु भएका बिरामीहरुलाई हुकम फार्मास्युटिकल्स, ठिमीको सहकार्यमा आवश्यक औषधी निशुल्क रुपमा बितरण गरिएको थियो । दुगड ग्रुप अन्तर्गत सन्चालित मोबाइल मलिक्युलर ल्याब मार्फत Prevent Cervical Cancer (PCV) को पनि सन्चालन गरिएको थियो ।
आर्यन कलेजका प्रिन्सिपल ई. देव राज जोशीले कलेज गुणस्तरीय शिक्षाको साथै यस प्रकारका सामाजिक उत्तरदायित्वका बिभिन्न कार्यहरु पनि भबिस्यमा गर्दै जाने कार्यक्रम रहेको जानकारी दिँदै उक्त स्वास्थ्य शिबिरको उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रमको स्वयम सेवकको रुपमा कुशलतापूर्वक आर्यन कलेजका विद्यार्थीहरु सकृय थिए । स्वास्थ्य शिबिरको सम्योजन आर्यन कलेजका BBA डिपार्टमेण्टका कोर्डिनेटर श्री कृपेश किशोर घिमिरेले गर्नु भएको थियो । स्वाथ्य शिबिरको लागि सहयोग गर्नु हुने होप हस्पिटलका डाक्टर एवम नर्सहरुलाई आर्यन कलेजका प्रिन्सिपल ई. देव राज जोशी एवम भाईस–प्रिन्सिपल ई. ओमकार नाथ गुप्ताले मायाको चिनो प्रदान गर्नु भएको थियो।